
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दैछ । बैठकको कार्यसूची तय गर्न बिहान ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।
पार्टीले कारवाही गरेको माधव नेपाल लगायतका १४ जना सांसदको पद खारेज गरेको सूचना नटाँसेको भन्दै एमालेका सांसदहरुले निरन्तर संसद अबरोध गर्दै आएका छन् । प्रतिपक्ष दलका सांसदहरुको अवरोधकाबीच सभामुखले संसदका कामकारवाही अगाडि बढाउँदै आउनुभएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद बैठक सुचारु गर्ने विषयमा पनि छलफल हुने सत्तारुढ दलका सांसदले जानकारी दिएका छन् । संसद सुचारु गर्ने विषयमा सरकार र सभामुखले प्रयास गरेपनि सफल हुन सकेको छैन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij