Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

सशस्त्र प्रहरीको लिखित परीक्षामा २ जना नक्कली परीक्षार्थी पक्राउ

सशस्त्र प्रहरीको लिखित परीक्षामा २ जना नक्कली परीक्षार्थी पक्राउ

  • काठमाडाैँ । सशस्त्र प्रहरी बलमा जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा सहभागी २ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ६ बस्ने १८ वर्षीय निल कुमार अदै र  धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका ५ बस्ने २७ वर्षीय सौहार्द राई छन् । 

    images
    images
    images

    सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर  १४४२० का योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनी परीक्षा दिन खोज्ने  सौहार्द राईले परीक्षा दिने प्रयास गरेका थिए । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij