Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

हिउँदे वर्षाले किसानमा खुशी

हिउँदे वर्षाले किसानमा खुशी

  • काठमाडौं । पाल्पालगायत पहाडी जिल्लामा परेको हिउँदे वर्षाले अन्नबालीमा सिँचाइको सुविधा पुगेको छ । लामो समयदेखि पानी नभएका बेला दुई दिनसम्म परेको हिउँदे वर्षाले किसान उत्साहित भएका छन् । मौसमी सिँचाइ भने चार हजार ८७१ हेक्टर क्षेत्रफलमा मात्रै गर्न सकिने कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । आकाशे पानीका भरमा खेती गर्ने पहाडका अन्नबालीलाई हल्का वर्षाले सिँचाइको रूपमा काम गरेको किसान बताउँछन् ।

    images
    images
    images

    सिँचाइ सुविधा अभावमा अन्नबाली राम्रो उत्पादन नहुने डाँडाबस्तीका किसान खुशी भएका हुन् । अहिलेको वर्षाले गहँ, तोरी, मसुरो, चनालगायतका बाली तथा र आलु, काउली, बन्दालगायतका तरकारी खेतीमा वृद्धि हुने आशा किसानले गरेका छन् । आकाशे पानीको भरमा खेती लगाउने डाडाँका बस्तीसँगै फाँटमा लगाएको बालीमा समेत वर्षाले राम्रो भएको हुँदा आफू खुशी भएको बगनासकाली–३ का किसान राजु रानाले बताउनुभयो । सिँचाइ अभाव भएको खेतबारी वर्षा किसानका लागि अमृतसरह भएको उहाँले बताउनुभयो ।

    images

    गत असोजदेखि नै पानी नपरेका कारण खेतीयोग्य जमिन सुक्खा भएको बेला पानी परेपछि हिउँदे बालीका साथै तरकारी खेतीको उत्पादनमा वृद्धिमा वर्षाले राम्रो प्रभाव पारेको स्थानीय बासिन्दा रामबहादुर घर्तीले बताउनुभयो । केही मात्रामा चिसो बढ्ने र थोरै बालीमा नोक्सानी गरे पनि अहिलेको वर्षाले उत्पादनमा वृद्धि ल्याउने अपेक्षा गरेको किसान बताउँछन् । पाल्पामा कूल एक लाख ३६ हजार ५९५ हेक्टर खेतीयोग्य जमिन रहेकामा आठ हजार ८०५ हेक्टर खेतमा वर्षायाममा सिँचाइ सुविधा उपलब्ध छ । अन्य समयमा तीन हजार ९३४ हेक्टर क्षेत्रफलमा सिँचाइ हुन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij