
Jun 24 2025 | २०८२, असार १० गते
लोकप्रिय गायक राजेश पायल राईमाथि हातपात भएको छ । नयाँवर्ष सन् २०२२ को स्वागतमा आयोजित एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक राईमाथि हातपात भएको हो ।
न्यूयोर्कमा आयोजित कन्सर्टमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमा चढेर पछाडिबाट अँगालो मारेजस्तो गर्दै हातपातको प्रयास गरेका थिए । मेगास्टार (राई इज किङ) भनेर चिनिने गायक राई अहिले न्यूयोर्क पुगेका छन् । गायक राईलाई हातपात कसले किन गर्यो भन्नेबारे खुल्न बाँकी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij