
Jun 24 2025 | २०८२, असार १० गते
नवलपुरको मध्यबिन्दु–१२ मा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वनमा साग टिप्न गएकी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले बताउनुभयो ।
वन आसपासमा बाघको आतङ्क बढेको भन्दै विनयी त्रिवेणी गाउँपालिकाले केही दिन अगाडि मात्रै एक सूचनामार्फत वन क्षेत्रमा नजान स्थानीयवासीलाई अनुरोध गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij