Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

छोराकाे कुटाइबाट बुबाको मृत्यु

छोराकाे कुटाइबाट बुबाको मृत्यु

  • काठमाडाैँ । माेरङ रतुवामाई नगरपालिका-९ डिपोका ५७ वर्षीय दीपनारायण धामीको उनकै छोराको कुटपिटबाट मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी हो-हल्ला गरेको विषयलाई लिएर उनकै छोरा ३६ वर्षीय अर्जुन धामीले मंगलवार कुटपिट गर्दा दीपनारायण गम्भीर घाइते भएका थिए ।

    images
    images
    images

    प्रहरीका अनुसार दीपनारायणको अरनिको अस्पताल उर्लाबारी हुँदै नोबेल अस्पताल विराटनगरमा थप उपचारपछि घरतर्फ लैजाने क्रममा बिहीवार साँझ बाटोमै मृत्यु भएको हो ।  

    images

    इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले अर्जुनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij