Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

३१ वन्यजन्तुको मृत्यु

३१ वन्यजन्तुको मृत्यु

  • काठमाडौं । जिल्लाको राष्ट्रिय वन क्षेत्रमा ३१ वन्यजन्तु मरेका छन् । साउनयता हालसम्म ती वन्यजन्तु विभिन्न क्षेत्रमा मरेका हुन् । डिभिजन वन कार्यालयले दिएको जानकारीअनुसार गैँडा, चितुवा, चित्तल, मृग र रतुवा मरेका हुन् ।

    images
    images
    images

    कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार एउटा गैँडा करेन्ट लागेर मरेको हो । भरतपुर महानगरपालिका–१६ मा गैँडा मरेको हो । सो विषयमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।  

    images

    अधिकांश वन्यजन्तु बरण्डाभार वन क्षेत्र, रामनगर र मुग्लिन क्षेत्रमा सवारीसाधनले ठक्कर दिएर मरेका हुन् । खनालका अनुसार ७० प्रतिशत वन्यजन्तु सवारीको ठक्करबाट मर्ने गरेका छन् । खनालले भन्नुभयो,  “सवारी साधन चलाउनेले होसियारी पु¥याइदिएमा वन्यजन्तु मर्ने सङ्ख्या घट्ने छ ।”  


     निकुञ्जको तथ्याङ्कानुसार १० भाले सात पोथी र दुई लिङ्ग नछुट्टिएको अवस्थामा गैँडा मृत फेला परेको हो । प्राकृतिक कारणबाट बूढो भएर पाँच, भासी तथा दलदलमा परेर पाँच, पानीमा डुबेर दुई, जुधेर दुई, बाघको आक्रमणबाट एउटा गैँडा मरेका हुन् । गएको साउन १२ गते माडीको घाँगर क्षेत्रमा भेटिएको र असोज ११ गते धोवा क्षेत्रमा भेटिएको गैँडा चोरी शिकारबाट मरेको हुनसक्ने अनुमान निकुञ्जको छ । सरकारी हात्ती पालेको अवस्थामा बूढो भएर मरेको छ । खोरिया मुहानमा रहेको ७५ वर्षको पोथी हात्ती मरेको होे ।

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij