Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

‘मिस एयरहोस्टेज २०२१’ को ताज प्रिस्किला गुरुङलाई

‘मिस एयरहोस्टेज २०२१’ को ताज प्रिस्किला गुरुङलाई

  • काठमाडाैँ । सिजन मिडियाद्वारा आयोजना गरिएको “मिस एयरहोस्टेज २०२१” पाँचौँ संस्करण सम्पन्न भएको छ । उक्त प्रतियोगितामा गोरखाकी १९ वर्षीय प्रिस्किला गुरुङले “मिस एयरहोस्टेज २०२१” ताज चुम्न सफल भइन् ।

    images
    images
    images

    फस्र्ट रनर अप आशा डंगुरा र सेकेण्ड रनर अपको ताज सृजु घिमिरे भए र घिमिरेले  पपुलर अवार्ड पनि हात पारिन् ।
    विजेताले एक वर्षभित्र विमान परिचारिकाको रोजगारी साथै डम डाइनामिक स्कीन हस्पिटलको तर्फबाट रु २० हजारको गिफ्ट भौचर प्राप्त गर्न सफल भइन् । सिम पर्सनालिटी प्रकृति गुरुङ, मल्टिमिडिया रेखा भण्डारी, मिस कन्फिडेन्ट साङ्मालामु शेर्पा, मिस फोटोजेनिक मेलिना राजवंशी, मिस बेस्टवाक प्रिया कर्मचार्य, र बेस्टडे«सको अवार्ड समीक्षा माझीले हात पार्न सफल भए ।
    निर्णायक मण्डलमा सौन्दर्यविद् सीता न्यौपाने पाठक, साउथ वेस्टर्नस्टेट कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसी, मिस एयरहोस्टेज २०१६ की विजेता प्रियता मोक्तान, हिमालय एयरलाइन्सका एड्मिन म्यानेजर सेमन्त श्रेष्ठ, हवाई इञ्जिनीयर रञ्जित जैशवाल, नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन मुकेश कुमार गुप्ता र पत्रकार टिपी भुसाल रहेका थिए ।

    images

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । मन्त्री आलेले यस्ता कार्यक्रमले नेपालको हवाई क्षेत्रमा रोजगारी सिर्जना गर्न दबाब हुने र आगामी दिनमा नेपालको एकमात्र ध्वजावाहक एयरलाइन्सलाई विमान खरिद प्रक्रियामा लगेर राम्रो गर्ने बताए ।



    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij