
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडाैँ । स्व.राजा वीरेन्द्र शाहको सालिक सुर्खेतमा पुनः राखिएको छ । स्वतन्त्र सुर्खेतबासी जनता समूहले २०६२-६३ सालको जनआन्दोलनका क्रममा भत्काइएको शालिक पुनःस्थापना गरेको हो ।
वीरेन्द्र चोकमा राजा वीरेन्द्रको शालिक राख्ने-नराख्ने विषयमा यहाँ ठूलो विवाद थियो । विवादकै बीच स्वर्गीय राजा वीरेन्द्रको ७७ औँ जन्मजयन्तीका अवसरमा उक्त समूहले एक्कासि अर्धकदको शालिक राखेको हो ।
राजा वीरेन्द्र सुर्खेत आएका बेला २०४४ सालमा मुख्य बजार चोकलाई ‘वीरेन्द्रचोक’ नामकरण गर्दै आफ्नै शालिक अनावरण गर्नुभएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij