Jun 24 2025 | २०८२, असार १० गते
दमक । झापाको दमक- २ भाङबारीस्थित उतर दक्षिण भित्रि सडकखण्डमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।
मंगलबार राति साढे १० बजेतिर उतरबाट दक्षिणतर्फ आउँदै गरेको प्र१–०२–०४३प ६९२६ नम्बरको ३ जना सवार मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा चालक खोटाङ चिसापानी ४ का २३ वर्षीय अनिल वि.क, चितवन राप्ती ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला ३ का १९ वर्षीय अनिल लामगाधे तीनै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij