
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडाैँ । रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा ३ जना घाइते भएका छ्न् ।
रौतहटको गढिमाइ नगरपालिका-३ गम्हरियाबाट परोहा नगरपालिका जाने क्रममा गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत जयनगरमा दुर्घटना भएको हो ।
दुर्घटनामा गढिमाइ नगरपालिका ३ का सेख नौसाद, सेख सैनुल्लाह, सेख मोसाफिर, अरोज आलम, सेख अबुलैस र गढिमाइ ३ कै अजि बुलाहको मृत्यु भएको छ ।
अजि बुलाहको अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । पाँचजनाको घट्नास्थलमा मृत्यु भएको थियो ।
घाइतेमध्ये १ जनाको बिरगन्जस्थित नेसनल मेडिकल कलेजमा र दुई जनाको गरुडास्थित ग्रान्डी अस्पताल उपचार भैरहेको छ ।
तीब्र गतिमा रहेको जीप बिजुलीको खम्बामा ठोक्किरए दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक श्रीराम भन्डारिले बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij