
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडाैँ । सप्तरीमा एक जनाको हत्या भएको छ । छिन्नमस्ता गाउँपालिकामा ५० वर्षीया महिलाको हत्या भएको हो ।
वडा नम्बर १ बरही वीरपुरकी भुतनीदेवी यादवको घाँटी रेटी हत्या भएको छ । टाउकोमा वियरको बोतल पनि प्रहार गरिएको अवस्थामा यादव मृत अवस्थामा भटिएको हो ।
घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको प्रहरीको भनाइ छ । घटना हत्या नै रहेको पुष्टि गर्दै सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले सूक्ष्म अनुसन्धान अघि बढाइएको बताउनु भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij