
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौँ। जिल्ला प्रशासन कार्यालय सिराहाले आज र भोलि दुई दिनका लागि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले बुधबारसम्म निषेधाज्ञा आदेश जारी गरेको हो ।
उक्त अवधिभर राष्ट्रिय राजमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात चल्न दिइने छ भने घर बाहिर हिडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा लगायतका गतिविधि गर्न पाइने छैन ।
बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि दुई दिनसम्म निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए । उनका अनुसार आदेश उल्लंघन गरे सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही गरिने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij