Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

अनलाइन पत्रिकाको विशेष समाचार बुलेटिन

अनलाइन पत्रिकाको विशेष समाचार बुलेटिन

  • १. ज्येष्ठ नागरिक सम्मानित

     प्रथम ज्येष्ठ नागरिक राष्ट्रिय दिवसका अवसरमा ज्येष्ठ नागरिक जिल्ला सङ्घ बागलुङद्वारा 
    आयोजित समारोहमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल ।

    images
    images
    images

    २ .थप २७१ जनामा कोरोना, २२५ जना संक्रमणमुक्त

    नेपाली पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ९ हजार १ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ हजार ७ सय २९ जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने २२५ जना संक्रमणमुक्त भएका छन् ।

    बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ६७३ पुगेको छ । हाल देशभर ४ हजार ९३१ जना सक्रिय संक्रमित रहेका छन् । 

    ३ .गोदावरी नगरका भूतपूर्व सैनिक तथा प्रहरी सम्मानित
    ललितपुर । नेकपा (एमाले) गोदावरी नगर कमिटीको आयोजनामा गोदावरी नगरका २ सयभन्दा बढी भूतपूर्व प्रहरी तथा सैनिकलाई सम्मान गरेको छ ।

    कार्यक्रममा ललितपुर भुपेन्द्र सिलवालको अध्यक्षतामा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

    सम्मान कार्यक्रममा  प्रमुख अतिथी प्रतिनिधी सभा सांसद माननिय नवराज सिलवाल, विशेष अतिथी प्रदेश सभा सांसद माननिय चेतनाथ सञ्जेल र  पार्टी नगर कमिटी क।प्रभाकर थापाको अध्यक्षतामा क्षेत्रिय कार्यालय ललितपुर चापागाउँमा सम्पन्न भएको छ ।

    ४ .अश्लिलताको आडमा दर्शक बटुल्ने युट्युबर धमाधम साइबर व्यूरोको फन्दामा

    काठमाडौँ । प्रहरीले अश्लिलता झल्कने शीर्षक राखेर युट्युबमार्फत भिडियो सार्वजनिक गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले अनामनगर बस्दै आएका रामबहादुर मल्ललाई पक्राउ गरेको हो ।

    आइतबार अनामनगरबाट पक्राउ परेका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ  जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले बताए ।

    मल्लले साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने भिडियो बनाई सामाजिक सञ्जालमा प्रशारण गरेको प्रहरीको भनाइ छ । यस्तो काम विद्युतीय कारोबार ऐन २०६३ अनुसार कसूर मानिने भएकाले पक्राउ गरेर अनुसन्धान गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

     
    ५.अनलाइन पत्रिका मिडिया हाउसमा फोनिजको नयाँ कार्यसमितिलाई स्वागत : बधाईसहित खादा र लड्डुको स्वाद

    अनलाइन पत्रिका मिडिया हाउसले फोनिज ललितपुरको नयाँ कार्यसमितिलाई बधाई तथा स्वागत कार्यक्रमको आयोजना गरेको छ । अनलाइन पत्रिकाको केन्द्रिय कार्यालयमा फोनिजको कार्यसमितिलाई स्वागत गर्दै बधाई दिइएको हो ।

    अनलाइन पत्रिका मिडिया हाउसका अध्यक्ष सुविनकुमार श्रेष्ठले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै भन्नुभयो, ‘यहाँहरुको कार्यकाल स्मरणीय र उल्लेखनीय कार्यमा केन्द्रित बनोस् ।’ 

    उक्त स्वागत तथा बधाई कार्यक्रममा फोनिजका अध्यक्ष संजय श्रेष्ठ, उपाध्यक्ष प्रकाश थिङ, सचिव सुनिता बाटाजु, कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ तथा सदस्यहरुमा विशु गुरुङ, सनीराज शाक्य, किरण शाहीको उपस्थिती रहेको थियो । 

    ६.चिसो बढेसंगै मनाङका विद्यालय बन्द
     
    जाडो मौसमको सुरुआत भएसँगै  हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात भएको छ ।

    चिसाले असहज भएपछि वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । गएको वर्षमा यो समयमा मनाङमा अन्तिम परीक्षाको नतिजा निकालिए पनि यसवर्ष परीक्षा नै लिन सकिएको छैन । आगामी फागुन–चैतबाट नयाँ शैक्षिक सत्रका लागि भर्ना लिएर पठनपाठन हुने गर्दथ्यो । तर यसवर्ष कतै त्रैमासिक र कतै अद्र्यवार्षिक परीक्षा मात्रै सकिएको छ । वार्षिक परीक्षाको अझै पनि टुङ्गो छैन ।

    मनाङका शिक्षक, विद्यार्थी र अभिभावक हिमपात अगावै लमजुङ, चितवन, पोखरा, काठमाडौँतर्फ झर्ने गर्दथे । यस पटक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । ङिस्याङ गाउँपालिका–६, माथिल्लो मनाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज घिमिरेले मङ्सिर २२ मा परीक्षा सकाएर विद्यालय बन्द गरिएको बताए ।

    ७ .नबिल बैंकबाट अब ‘खल्ती वालेट’ मा पैसा राख्न सकिने
    काठमाडौँ । नबिल बैंकका ग्राहकहरुले बैंकबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने भएको छ । बैंकका ग्राहकलाई विद्युतीय भुक्तानीमा सहजता प्रदान गर्न भुक्तानी सेवा प्रदायक खल्ती र नबिल बैंकबीच सम्झौता भएको छ ।

    बैंकसँग भएको सम्झौता डिजिटल नेपालका लागि अर्को कोशेढुंगा हुने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बैंकका ग्राहकहरूलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न खल्तीसँग सहकार्य गरिएको जानकारी दिए ।

     ८ .नेपाल सेन्ट्रल जोन भलिबलको फाइनलमा
    बङ्गलादेशमा जारी एभिसी एशियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै  फाइनलमा पुगेको छ । 

    ढाका मिरपुरस्थित शाहिद सुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा साविक विजेता नेपालले कीर्गिस्तानलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । 

    नेपालले पहिलो सेट २५–८ ले सहजै आफ्नो पक्षमा पा¥यो भने दोस्रो सेट २५–१४ तथा तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै जीत हासिल गर्न सफल भयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij