
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौँ । प्रहरीले अश्लिलता झल्कने शीर्षक राखेर युट्युबमार्फत भिडियो सार्वजनिक गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले अनामनगर बस्दै आएका रामबहादुर मल्ललाई पक्राउ गरेको हो ।
आइतबार अनामनगरबाट पक्राउ परेका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले बताए ।
मल्लले साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने भिडियो बनाई सामाजिक सञ्जालमा प्रशारण गरेको प्रहरीको भनाइ छ । यस्तो काम विद्युतीय कारोबार ऐन २०६३ अनुसार कसूर मानिने भएकाले पक्राउ गरेर अनुसन्धान गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij