Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

आयोगद्वारा निर्वाचन सञ्चालन कार्यशाला सम्पन्न

आयोगद्वारा निर्वाचन सञ्चालन कार्यशाला सम्पन्न

  • काठमाडौँ । निर्वाचन आयोगको आयोजनामा निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धि कार्यशाला सम्पन्न भएको छ । 

    images
    images
    images

    विभिन्न सञ्चारगृहका महिला सञ्चारकर्मीहरुका लागि काभ्रेको धुलीखेलमा भएको तीन दिने कार्यशाला सम्पन्न भएको हो । 

    images

    कार्यशालामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सम्बोधन गर्दै निर्वाचन चक्रका सबै चरण र प्रक्रियामा सत्य, तथ्य र यथार्थ समाचार तथा विचारको सम्प्रेषणमार्फत स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनका लागि राज्यको चौथो अङ्गको रुपमा रहेको सञ्चारजगतको भूमिका महत्वपूर्ण रहने बताए । 
        
    कार्यशालामा तुलाधरको सयोजकत्वमा आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र सञ्चारिका समूहका अध्यक्ष नितु पण्डित सदस्य रहेको एक प्यानल गठन गरी निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सञ्चार जगतको भुमिकाका सन्दर्भमा अन्तरक्रिया, छलफल मार्फत समेत विभिन्न जिज्ञाशाहरुको सम्बोधन गरिएको आयोगले जनाएको छ ।     

    उक्त कार्यशालामा विभिन्न टेलिभिजन, रेडियो, अनलाइन र प्रिन्ट मिडियाका २६ जना महिला सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij