
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडाैँ । १४ महिने बालकको अपहरण गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा एक युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी-घर भई हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
रासलाल मुखियाका १४ महिने छोरा कृष्ण मुखियाको खोजतलास गर्ने क्रममा प्रहरी टोलीले नगराईन नगरपालिका–२ स्थित नेपाल भारतको सीमाना नजिकै बच्चालाई लिएर भारत तर्फ भाग्दै गरेको अवस्थामा ठाकुर पक्राउ परेका हुन् ।
पक्राउ परेका सुरेश ठाकुरलाई धनुषा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धन कार्य भई रहेको धनुषा प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij