
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय बैतडीले इलाका प्रशासन कार्यालय पुर्चौडीबाट पनि फोटोसहितको मतदाता नामावली सङ्कलनको व्यवस्था गरेको छ ।
आगामी सबै तहका निर्वाचनलाई लक्षित गर्दै इलाका प्रशासन कार्यालयबाट पनि नामावली सङ्कलन थालिएको हो ।
निर्वाचन आयोगले इलाका प्रशासन कार्यालयबाट पनि नामावली सङ्कलन गर्न दिएको निर्देशन अनुसार नै काम सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलले जानकारी दिए ।
यसै हप्ताबाट सुरु भएको नामावली सो कार्य पुस १९ गतेसम्म सञ्चालन हुने छ ।
इलाका प्रशासनबाट नेपाली नागरिकता प्रमाणपत्र जारी हुने भएकोले नागरिकता पाउने वितिक्कै नामावलीमा नाम दर्ता गराउनको लागि उक्त व्यवस्था गरिएको हो । हालसम्म ९८ जनाले आफ्नो नाम दर्ता गराइसकेका त्यहाँ खटिएका दर्ता कर्मचारी दीपेन्द्र धामीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट भने नियमित रुपमा नामावली सङ्कलन जारी छ । बैतडीमा हालसम्म १ लाख ४८ हजार बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij