Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

पठाओ चालकमाथि मापसे चालकको ठक्कर

पठाओ चालकमाथि मापसे चालकको ठक्कर

  • जीबी लामा

    images
    images
    images

    ललितपुर । क्रिसमसको रमाइलो चलिरहँदा सातदोबाटोमा सवारी दुर्घटना भएको छ । पठाओ चालकमाथि मापसे गरेर हिडेका सवारी चालकले ठक्कर दिएको हो । दुर्घटना न्यूनिकरणका लागि ट्राफिक व्यवस्थापनलाई कडा गरिरहँदा ट्राफिकै चेकजाँच स्पटमा दुर्घटना भएको हो ।

    images

    ट्राफिक प्रहरी स्रोतका अनुसार पठाओ चालकसँग सोधपुछ भईरहँदा मापसे गरेका चालकले पठाओ चालकलाई ठक्कर दिएको हो । ट्राफिक प्रहरी सातदोबाटोले पठाओ चालकलाई तत्कालै पाटन अस्पताल पठाएको छ । मापसे चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij