Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

चितवन राष्ट्रिय निकुञ्जमा १९ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा १९ गैँडा मरे

  • काठमाण्डौँ। चितवन राष्ट्रिय निकुञ्जमा साउन महिनायता १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको र अन्य कालगतीले मरेका हुन् ।

    images
    images
    images

    चालु आर्थिक वर्षको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र पुसमा दुई गैँडा मरेका छन् । साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैँडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैँडा सिकारीले मारेको आशङ्का गरिएको छ ।

    images

    अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३३ वटा गैँडा मरेको तथ्याङ्क छ । पछिल्लो गणना अनुसार नेपालमा ७५२ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेका छन् । 

    गैँडाको सङ्ख्या धेरै भएकाले पछिल्ला वर्ष प्राकृतिक कारणबाट मर्नेको सङ्ख्या बढेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले बताउनुभयो । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij