
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडाैँ । काठमाडाैँकाे साँखु क्षेत्रमा करेन्ट सर्ट हुँदा घरमा आगलागी भएको छ ।
प्रहरीका अनुसार शंखरापुर नगरपालिका ८ स्थित खत्रीगाउँ बस्ने ६२ वर्षीय जयराम केसीको घरमा करेन्ट सर्ट भई आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी बिट गागलफेदीबाट खटिएको प्रहरीले स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएका थिए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij