Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

प्रहरीकै मोटरसाइल लिएर कैदी फरार

प्रहरीकै मोटरसाइल लिएर कैदी फरार

  • काठमाडाैँ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारगारबाट भागेका छन् ।

    images
    images
    images

    जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार छालाको उपचारका लागि अस्पताल गएका बेला भागेको प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिनुभयो । उनी प्रहरी जवान धनबहादुर चौधरीसँगै लु३४प ४१० नं. को मोटरसाइकल चढेर अस्पताल गएका थिए । उपचारका लागि हत्कडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको बताइएको छ ।

    images

    चौधरीमाथि आशङ्का देखिएकाले प्रहरी जवान चौधरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो । बीस वर्ष कैद सजाएमा साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए । परियारको खोजीमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij