Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

भारतमा कोरोनाबाट एकैदिन सात हजार २८९ को मृत्यु

भारतमा कोरोनाबाट एकैदिन सात हजार २८९ को मृत्यु

  • काठमाडौँ । कोरोनाभाइरसबाट भारतमा पछिल्लो एक दिनमा सात हजार १४५ जना नयाँ सङ्क्रमित भएका छन् । 

    images
    images
    images

    सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाका कारण अरु २८९ जनाको मृत्यु भएको छ ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ८४ लाख ५६५ रहेको पुगेको पनि जनाएको छ । 

    यो सङ्ख्या पछिल्लो ५६९ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । प्रतिशतको हिसावले पनि सक्रिय सङ्क्रमितहरुको सङ्ख्या गत मार्चपछिकै सवैभन्दा कम भएको उनीहरुको भनाई छ । 

    उनीहरुका अनुसार भारतमा कुल सङ्क्रमित मध्ये ०.२४ प्रतिशत सङ्क्रमितहरु अहिले पनि सङ्क्रमित अवस्थामै रहेका हुन् । 

    यस्तै, पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ७०६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ४१ लाख ७१ हजार ४७१ पुगेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij