
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रधानमन्धी शेरबहादुर देउवाले नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीलाई कारबाही गरेकोप्रति चासो देखाएका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री देउवाले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरी त्यसबारेमा सोधखोज गरेका हुन् ।
प्रचण्डले ध्यानाकर्षण गराएपछि देउवाले त्यसबारेमा चासो राख्दै क्यानको समस्याबारे चासो राखेका हुन् । प्रधानमन्त्री देउवाले सो क्रममा खेलाडीलाई कारबाही गरेको विषय के हो, भन्दै प्रश्न गरेका थिए । त्यस्तै क्यानको विवादबारे मिलाउन समेत अध्यक्ष चन्दलाई आग्रह गरेका थिए ।
क्याले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गर्दै कप्तानमा युवा लेग स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो । त्यसको अहिले आलोचना भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij