
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडाैँ । वेस्ट इण्डिजसँगको टी–२० क्रिकेट सिरिज ३–० ले क्लिनस्विप गरेको छ । अन्तिम खेलमा पाकिस्तान ७ विकेटले विजयी भएको हो ।
अन्तिम खेलमा वेस्ट इण्डिजले दिएको २०८ रनको लक्ष्य पाकिस्तानले १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानका लागि मोहमद रिजवानले ८७ रन र कप्तान बाबर आजमले ७९ रनको योगदान दिए । वेस्ट इन्डिजका ओडिन स्मिथ, रोमारियो र डोमिनिक ड्राकेसले १ र १ विकेट लिए ।
पहिला ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०७ रन बनायो । उसका लागि कप्तान निकोलश पूरनले अर्धशतकीय पारी खेले । पाकिस्तानका मोहमद वासिमले २ तथा शाहनवाज दहानीले १ विकेट लिए । पहिलो खेलमा पाकिस्तान ६३ र दोस्रो खेलमा ९ रनले विजयी भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij