Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

श्रीलंकाविरुद्ध कुशुमले अग्रपंक्ति समाल्ने

श्रीलंकाविरुद्ध कुशुमले अग्रपंक्ति समाल्ने

  • काठमाडौं । मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले यु–१९ महिला साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा दुई खेलाडी परिवर्तन गरेका छन् । फरवार्ड कुशुम खतिवडा र डिफेण्डर सविना चौधरीलाई स्थान दिँदै प्रशिक्षक श्रेष्ठले दोस्रो खेलमा बुधबार श्रीलंकाविरुद्ध विमला विक र दिपा शाहीलाई बाहिर राखेका हुन् । 

    images
    images
    images

    श्रीलंकाविरुद्ध नेपाली टोलीका कप्तान गोलरक्षक अन्जना राना मगरले समाल्नेछिन् । यस्तै, डिफेन्समा सलोनी राना मगर, रोजिना श्रेष्ठ र मन्जु कुमारी खड्का र मेनुका कुमारी आले मगरले निरन्तरता पाएका छन् । 

    मिडफिल्डरमा प्रीति राई,  सविता राना मगर, रश्मि कुमारी घिसिङले स्थान बनाउँदा फरवार्डमा रजनी थोकरसँगै कुशुमले मौका पाएकी छिन् । अघिल्लो खेलमा भुटानविरुद्ध कुशुमले ४८ मिनेट पछि मात्रै मौका पाउँदा सविना भने बेन्चमै थिईन् । आज श्रीलंकाविरुद्ध नेपाल पहिलो जितको खोजीमा रहनेछ । 


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij