Logo

Aug 26 2025 | २०८२, भदौ १० गते

Aug 26 2025 | २०८२, भदौ १० गते

लिड्स युनाईटेडविरूद्ध सिटीकाे ७ गाेल

लिड्स युनाईटेडविरूद्ध सिटीकाे ७ गाेल

  • सिटीले लिड्स युनाईटेडलाई ७-० गोल अन्तरले हराउँदै शीर्ष स्थानमा कायमै रहेको छ । सिटीले पहिलो हाफमै ३ गोल गरेको थियो भने दोस्रो हाफमा थप ४ गोल गर्दै सानदार जित निकाल्यो। 

    images
    images
    images

    डिफेन्डिङ च्याम्पियन सिटीले यो सिजनकै सबैभन्दा ठूलो जित निकालेको खेलमा आठौँ मिनेटमै सुरूमा अग्रता लियो। फिल फोडेनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। खेलको १३ औँ मिनेटमा ज्याकले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। ३२ औँ मिनेटमा डि ब्रुयनले गोल गर्दा सिटीले पहिलो हाफमै ३-० को अग्रता बनायो।

    images

    दोस्रो हाफमा थप आक्रम देखिएको सिटीका लागि रियादले ४९ औँ मिनेटमा गोल गर्दै  अग्रता ४-० मा पुर्‍याए। ६२ मिनेटमा ब्रुयनले ब्यक्तिगत दोस्रो गोल गर्दा सिटी ५-० ले अघि रह्यो। स्टोनेसले ७४ औँ मिनेटमा गोल गर्दै ६-० गोल पुर्‍याए । नाथनले ७८ औँ मिनेटमा गोल गर्दा सिटीले ७-० अन्तरको फराकिलो जित पायो ।

    जितसँगै सिटीले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ। १७ खेल खेलेको सिटी ४१ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको लिभरपुलको भने १६ खेलबाट ३७ अंक रहेको छ । लिड्स भने १६ अंकमा १६ औँ स्थानमा छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij