Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

विधान संशोधनदेखि कार्यशैली सुधारको प्रतिबद्धतापछि देउवालाई समर्थन : प्रकाशमान

विधान संशोधनदेखि कार्यशैली सुधारको प्रतिबद्धतापछि देउवालाई समर्थन : प्रकाशमान

  • काठमाडौं । विधान संशोधनदेखि कार्यशैली सुधारको प्रतिबद्धतापछि शेरबहादुर देउवालाई आफूले समर्थन गरेको नेता प्रकाशमान सिंहले जानकारी दिएका छन् ।

    images
    images
    images

    नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका लागि हुने दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी सिंहले देउवालाई समर्थन गर्ने भएका छन् । 

    images

    पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनमा जाने क्रममा सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेका हुन् । 

    सिंह निवास चाक्सीबारीमा मंगलबार बिहान पुगेका देउवाले विधान संशोधन गर्न, कमीकमजोरी सच्याउन, कार्यशैली सुधार गर्ने प्रतिबद्धता जनाएपछि आफ्नो प्यानललाई उनलाई समर्थन गर्ने निर्णय गरेको सिंहले जानकारी दिए । 

    ‘हामीबीचको छलफलमा उहाँ (देउवा) ले विधान संशोधन गर्न, कमीकमजोरीप्रति सल्लाह गरेर सुधार्न, कार्यशैली सुधार्ने वचन दिनुभएको छ,’ सिंहले भने, ‘उहाँको सो प्रतिबद्धतापछि म, सुजाता कोइरालासहितले उहाँलाई समर्थन गर्ने निर्णय गरेका छौँ ।’ सिंहको समर्थनसँगै देउवा सभापतिमा निर्वाचित हुने सम्भावनालाई बलियो बनाएको छ । 

    images

    पहिलो चरणमा देउवाले २२५८, शेखर कोइलालो १७०२, प्रकाशमान सिंहको ३७१, विमलेन्द्र निधिको २५० र कल्याण गुरुङले २२ मत ल्याएका थिए । पहिलो चरणको निर्वाचनमा कुल मत ४६७९ मत खसेको थियो भने ७६ बदर भएको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij