Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

साउदी सेनाद्वारा यमनमा हवाई कारबाही जारी

साउदी सेनाद्वारा यमनमा हवाई कारबाही जारी

  •  

    images
    images
    images

    यमन। यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहले  निरन्तर रुपमा कारबाही जारी राखेको छ । सो कारबाहीमा परेर कम्तीमा पनि २०० जना हुथी विद्रोहीहरुको ज्यान गएको र अरु कैयौँ घाइते भएका यमन सरकारी सेनाले आइतबार साँझ पुष्टी गरेको जानकारी दिएका छन् ।

    शनिबारको सो आक्रमणका क्रममा हुथी विद्रोहीहरुका कम्तीमा  २१ ओटा आश्रयस्थल र केही सवारी साधनहरु ध्वस्त पारिदिएको बताइएको छ । साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौँको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij