
Apr 08 2025 | २०८१, चैत २६ गते
न्युयोर्क । अमेरिकामा केन्टकीसहित पाँच राज्यमा आएको आँधीमा मृत्यु हुनेको संख्या १०० पुगेको छ। आँधीबाट अहिलेसम्म दर्जनौंको उद्दार गरिएको छ । आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपी लगायतका राज्य प्रभावित भएका छन् ।
एन्डी बेशियरले विनाशकारी आँधी प्रतिघण्टा ७० र १०० माइलको बीचमा भएको बताए। इलिनोइसस्थित अमेजन गोदाममा कामदारहरू फसेका छन्।
राष्ट्रपति जो बाइडेनले आँधीले ठूलो जनधनको क्षति गरेको भन्दै धैर्य रहन सबैलाई आग्रह गरेका छन् । केन्टुकीको आँधी इतिहासमै ठूलो भएको बाइडेनले बताएका छन् । केन्टकीमा आपतकाल घोषणा गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij