Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

अपहरित २० जना प्रहरीको उद्धार

अपहरित २० जना प्रहरीको उद्धार

  • काठमाडौँ । भारतमा हिजो बिहीबार आठ हजार ५०३ जनामा कोरोना सङ्क्रमण देखा परेको छ  । हिजो देखिएको यस सङ्क्रमितहरुमा चार हजार १६९ केरला राज्यका रहेका प्राप्त समाचारमा जनाइएको छ । 

    images
    images
    images

    योसँगै कोरोनाको कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ७४ हजार ७४४ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अझै पनि ९४ हजार ९४३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।  

    भारतमा हाल देखिएको सक्रिय सङ्क्रमित १ प्रतिशत भन्दा कम रहेको जनाइएको छ  । हाल रहेका सक्रिय सङ्क्रमति कुल सङ्क्रमतिको ०.२९ प्रतिशत मात्र रहेका जनाइएको छ । बिहीबार कोरोना सङ्क्रमणबाट ६२४ जनाको मृत्यु भएपछि कुल मृतकको सङ्ख्या चार लाख ७४ हजार ७३५ पुगेको छ । 

    गएको २४ घण्टामा भारतमा सात हजार ६७८ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४१ लाख ५ हजार ६६ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् । 

    भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६५ करोड ३२ लाख व्यक्तिको कोरोना परीक्षण भएको छ । त्यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३१ करोड १८ लाख डोज खोप लगाइएको जनाइएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij