Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

थ्री डी पड जसमा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ, मृत्युवरण

थ्री डी पड जसमा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ, मृत्युवरण

  • सिड्नी । अस्ट्रेलियाको एउटा कम्पनीले थ्री डी प्रिन्टेड पड निर्माण गरेको छ, जसले मानिसहरुलाई कुनै पीडा नदिइ मृत्युवरण गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ । सो मेसिन चाँडै नै स्वीट्जरल्यान्डका वासिन्दाले प्रयोग गर्न पाउने भएका छन् ।  यो प्रक्रिया ३० सेकेन्डमा पूरा हुन्छ । अचेत हुनुअघि नै व्यक्ति बोल्न नसक्ने हुन्छ । 

    images
    images
    images

    एक्जिट इन्टरनेसनलका संस्थापक फिलिप नितस्चेकका अनुसार  मृत्युवरण गर्न चाहने व्यक्तिलाई पडभित्र राखेपछि अक्सिजनको तह विस्तारै घटाएर एक प्रतिशतमा सीमित गरिन्छ र नाइट्रोजनको मात्रा बढाइन्छ ‘सम्पूर्ण काम ३० सेकेन्डमा सकिन्छ । बोल्दा बोल्दै मानिसको जिब्रो गडबढाउछ र सास जान्छ,’ उनले भने । सो पडलाई स्वेच्छिक मृत्युको अनुमति दिएका जुनसुकै देशमा लैजान सकिने उनको भनाई छ । 

    कस्तो अवस्थामा स्वेच्छिक मृत्यु गर्न पाइन्छ ?
    कुनै दीर्ध रोग लागेका वा उपचार गर्दा पनि सम्भव नभएको र ६ महिनापछि मृत्यु हुन्छ भनेर सरकारले तोकेको चिकित्सकले सिफारिश गरेमा केही देशले स्वेच्छिक मृत्युलाई अनुमति दिएका छन् । स्वेच्छिक मृत्युलाई अनुमति दिइएको देशमा यो पड उपयोगी हुने विज्ञहरुले बताउँदै आएका छन् । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij