Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

केएफसीको १३औँ शाखा हेटौंडामा

केएफसीको १३औँ शाखा हेटौंडामा

  • काठमाडौं । अन्तराष्ट्रिय फूड चेन ब्रान्ड केएफसीले नेपालको १३औँ शाखा हेटौंडा उपमहानगरपालिका-२, चौकीटोलस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरमा खोलेको छ । यस आउटलेटमा केएफसीका विभिन्न परिकारका साथै चिकेनका परिकार पाइने कम्पनीले जनाएको छ । 

    यो रेस्टुरेन्टमा एक पटकमा ४४ जना ग्राहकले सेवा लिन सक्ने छन् । रेष्टुरेन्टले बिहान ९ बजेबाट रातको ८ः३० बजेसम्म डाइन-इन र टेक अवेमार्फत सेवा दिइरहेको जनाएको छ । 


    केएफसीले कोभिड-१९ रोकथामका लागि विश्वस्तरीय सुरक्षा नीति अपनाउँदै आफ्ना ग्राहकका लागि विभिन्न स्वादिष्ट परिकारहरू उपलब्ध गराउँदै आएको जनाएको छ । जसका लागि स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याक्टलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ ।


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij