Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

‘क्यानभास’मा शताब्दी पुरुष जोशी 

‘क्यानभास’मा शताब्दी पुरुष जोशी 

  • ललितपुर । शताब्दी पुरुष सत्यमोहन जोशीमाथि क्यानभासमा उतारिका चित्रको प्रदर्शनी सुरु भएको छ । दुई वर्षअघि क्यानभासमा उतारिका उनका ४ सय चित्रमध्ये ४० चित्रको प्रदर्शनी सुरु भएको हो ।  

    onlinepatrika
    Arghakhachi

    सोमबार(हिजो) ‘सत्यमोहन बा’ नामक प्रदर्शनी उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संस्कृतिविद् जोशीमाथि तयार पारिएका तस्बिर, पुस्तक, पर्चा तथा चित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन पहल गरिने बताएकी छन् ।  

    AGNI GROUP

    ‘ललितपुरले जोशीजस्ता स्रष्ट पाउँदा गर्व लाग्छ,’ उनले भनिन्, ‘एउटै चित्रले जोशीका जीवन’दयगत अनेकौँ कुरा बोलेको छ ।’
    मन्त्री भुसालले सत्यमोहन लोक साहित्य भवनका लागि व्यक्तिगत ५० हजार सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएकी छन् ।

    जोशीका चित्र बिक्रीबापत संकलित कुल रकममा ३५ प्रतिशत कलाकार, २० प्रतिशत लोक साहित्य भवन र १५ प्रतिशत योङ पिकासो तथा बाँकी ३० प्रतिशत गाउँगाउँमा गएर कला विकासका लागि खर्चिने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij