Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं। कुनै कुरामा विवाद हुँदा वा चित्त नबुझदा रिस उठ्नु हुन्छ । याे स्वभावलाई सामान्य पनि मानिन्छ। तर, सामान्य कुरामा पनि पटक-पटक रिस लाग्छ भने त्यो राम्रो होइन। कतिपय मान्छे रिस लाग्दा आफूलाई नियन्त्रण नै गर्न सक्दैनन्। यस्तो अवस्थालाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ।
अध्ययनका अनुसार रिस लाग्दा शरीर तथा मस्तिष्कमा नकारात्मक असर पर्छ। जसले हार्ट अट्याक तथा स्ट्रोक जस्ता समस्याको कारण बन्नसक्छ। यस्तो अवस्थालाई ज्यानै लिने अवस्था मान्न सकिन्छ।
युरोपियन हार्ट जर्नलमा प्रकाशित शोधमा वैज्ञानिकहरूले स्ट्रोकका लागि रिस प्रमुख कारण भएको उल्लेख गरेका छन्। स्ट्रोक पीडितमाथि गरिएको अध्ययनले ११ जना स्ट्रोक पीडितमा एक जना रिसको कारणले ग्रसित भएको पाइएको थियो। एनयूआई गोलवेका क्लिनिकल इपिडिमियोलोजीका प्रोफेसर एन्ड्रयू स्मिथले स्ट्रकको रोकथामका लागि उच्च रक्तचाप, मोटोपन, धुमपान जस्ता कारणका साथै रिस पनि एक भएको जनाएका छन् ।
प्रोफेसर स्मिथले रिस र भावनात्मक समस्या भएका मानिसमा स्ट्रोकको जोखिम ३० प्रतिशत बढी हुने बताएका छन्। यसका साथै अधिक शारीरिक परिश्रम गर्ने मानिसमा ६० प्रतिशतभन्दा बढी स्ट्रोकको जोखिम हुन्छ। यसका साथै महिलामा स्ट्रोकको जोखिम बढी हुन्छ।
स्वास्थ्य विशेषज्ञका अनुसार रिसले हार्ट अट्याक तथा स्ट्रोक जस्ता गम्भीर समस्याबाट बच्नका लागि रिस नियन्त्रण गर्नुपर्छ। बढी रिस लाग्ने समस्या भएमा स्वास्थ्य विशेषज्ञलाई देखाउनु राम्रो मानिन्छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij