Logo

Aug 24 2025 | २०८२, भदौ ८ गते

Aug 24 2025 | २०८२, भदौ ८ गते

गाउँपालिकाले दुई विद्यार्थीलाई इन्जिनियर पढाउने

गाउँपालिकाले दुई विद्यार्थीलाई इन्जिनियर पढाउने

  • काठमाडौँ — तनहुँको बन्दीपुर गाउँपालिका कार्यालयले स्थानीय दुई विद्यार्थीलाई इन्जिनियर पढाउने भएको छ । यसका लागि आठ लाख बजेट विनियोजन गरेको छ ।

    images
    images
    images

    कार्यपालिकाले छात्रवृत्तिसम्बन्धी कार्यविधि बनाएर खुला सूचना प्रकाशित गर्ने जनाएको छ । सरकारी स्कुलमा अध्ययन गरेका गरिब, दलित, आदिवासी जनजाति समुदायकालाई प्राथमिकता दिइने योजना बनाएकाे छ ।

    images

    प्राविधिक क्षेत्रमा लाग्ने जनशक्ति कम देखिएकाले यसलाई प्रवद्र्धन गर्नुपर्छ भन्ने हेतुले गाउँपालिकाले सुरुआत गर्न लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए । गाउँपालिकाको लगानीमा इन्जिनियर बनेपछि विद्यार्थीहरूले गाउँपालिकामै बसेर सेवा गर्ने अपेक्षा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij