Jun 14 2026 | २०८३, जेठ ३१ गते
काडमाडाैँ । कहिलेकांही हामी ससाना कुराहरु सम्झिन नसकेर अवस्थामा रहन्छ । जस्तो, हामीले केही अघि लगाएको साँचो कहाँ राख्यौँ वा हामीले केही कुरा कहीँ छुटाएका पो छौँ कि रु हो, केही कुरा छिट्टै सम्झनु पर्ने हुन्छ भने केही कुरा लामो समयसम्म पनि सम्झिरहनु पर्ने हुनसक्छ । कहिलेकाहिँ रोगी वा बिरामी भएको अवस्थामा पनि हाम्रो स्मरणशक्ति कमजराेज हुन्न सक्छ । केही कुरा छिट्टै सम्झनु पर्ने हुन्छ भने केही कुरा लामो समयसम्म पनि सम्झिरहनु पर्ने हुनसक्छ । निम्न उपाय अपनाएमा स्मरणशक्ति बलियो हुन सक्छः
पर्याप्त निद्राः
निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण भइरहेको हुन्छ । यसर्थ, दिमागलाई सदा चनाखो बनाइराख्न आवश्यक छ ।
नियमित रूपमा व्यायामः
नियमित रुपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा रक्तसञ्चार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरणशक्तिसमेत बढाउँछ ।
कफी वा चिया पिउँनेः
बिहानको समयमा ठिक्क मात्रामा कफी वा चिया पिउँदा दिमागलाई फुर्तिलो बनाउँछ ।
खानेकुराको नियमित
खाना, बदाम, ओखर, हरियो सागपात, चकलेट, ग्रिन टी आदिजस्ता खानेकुराको नियमित सेवनले स्मरणशक्ति तेज हुन्छ ।
दिमागी कसरत हुने खेल
बाघचाल, चेस, लुडो, पजल्स खेल्दा दिमागलाई तीक्ष्ण बनाउन मद्दत गर्छ ।
दैनिक नयाँ कुराः
दैनिक नयाँ कुराको खोजी गर्नुहोस् । जसले दिमागलाई सधैँ सक्रिय राख्दछ ।
भिजुअलाइज
सम्झन गाह्रो हुने नाम, वस्तु र संख्यालाई आफूले स्मरण गर्न सक्ने गरी भिजुअलाइज पनि गर्न सकिन्छ ।
सामान निश्चित ठाउँमा
घर या अफिसका सामान सधैँ निश्चित ठाउँमा राख्ने बानी बसाल्नुस् । यस्तो बानीले सामान हराउनबाट जोगाउन सकिन्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij