Logo

Aug 24 2025 | २०८२, भदौ ८ गते

Aug 24 2025 | २०८२, भदौ ८ गते

एनआरएनए राष्ट्रिय अध्यक्षहरूको भेलाः तत्काल निर्वाचनको माग

एनआरएनए राष्ट्रिय अध्यक्षहरूको भेलाः तत्काल निर्वाचनको माग

  • लण्डन । गैरआवासीय नेपाली संघका राष्ट्रिय अध्यक्षहरूले संघको निर्वाचन तत्काल गराउन माग गरेका छन् । गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले बुधबार आयोजना गरेको राष्ट्रिय अध्यक्षहरूको जुम भेलामा बोल्ने बक्ताहरूले यस्तो माग गरेका हुन् ।

    images
    images
    images

    गैरआवासीय नेपाली संघ इटालीका अध्यक्ष छलिलाल कँडेलले संघमा देखिएको विवादले विदेशमा रहेका नेपालीमा विभाजन ल्याएको बताए । उनले संघभित्र देखिएको समस्याले एनआरएनएप्रति वितृष्णा भएको बताए ।

    images

    एनआरएनए डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारीले एकले अर्कोलाई हिलो छ्याप्ने काम नगर्न आग्रह गरे । उनले संघको केन्द्रीय समिति र एनसीसीबीच समन्वय हुनु पर्नेमा जोड दिए । उनले संघको विवाद टुंग्याएर तत्काल चुनाव गर्न माग गरे ।

    एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्ताफाले संघको १०औँ महाधिवेशन चाडो भन्दा चाडो हुनु पर्नेमा जोड दिए । उनले संघका अधिकांस राष्ट्रिय समिति तत्काल विवाद मिलाएर निर्वाचनमा जानु पर्ने पक्षमा रहेको बताए ।

    गैरआवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाले संघको नेतृत्वलाई सबै पक्षलाई समेटर लैजना सुझाव दिए ।

    images

    संघका सल्लाहकार विश्वआर्दश पण्डितले नयाँ निर्वाचन समिति गठन गरेर छुट्टै निर्वाचन घोषणा गर्न आग्रह गरे ।

    गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि २६ डिसेम्बरमा मिति तय भएको छ । नेतृत्वका लागि डा। बद्री केसी, रविना थावा र कुल आचार्य चुनावी मैदानमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij