
Apr 05 2025 | २०८१, चैत २३ गते
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँग शिष्टचार भेटवार्ता भएको छ ।
भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि द्धिपक्षीय सम्बन्ध उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै अष्ट्रेलिया सरकारले प्रदान गर्दै आएको शैक्षिक छात्रवृत्तिको कोटा बढाउन आग्रह गरे । उनले नेपालमा विकास सहयतामार्फत कोभिड महामहारीका बेला रेडियो कार्यक्रमलगायतका सहयोग गरेको बताउँदै आगामी दिनमा थप सहयोग गर्ने अष्ट्रेलियन राजदूत फेलिसिटीले बताइन् । राजदूत फेलिसिटीले सन् २०२३ सम्म नेपाललाई शैक्षिक क्षेत्रको विकासका लागि १ मिलियन १० लाख अमेरिकन डलर सहयोग गर्ने पनि बताइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij