Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

होन्डाको म्यासेजले दिएको हैरानी, 'स्कुटर उपहार जितेको सन्देश'

होन्डाको म्यासेजले दिएको हैरानी, 'स्कुटर उपहार जितेको सन्देश'

  • यस्ता स्पाम म्यासेजमा प्रवेश गर्दा भविष्यमा अप्ठ्यारो पर्न सक्ने भएकोले तपाईं भने सुरक्षित रहनुहोला । परिचित म्यासेन्जर साथीहरूले पठाउनु भएको छ भने उहाँहरूलाई पनि सचेत गराउनुहोला ।

    images
    images
    images

    काठमाडौं । जापानी कार तथा मोटरसाइकल निर्माता होन्डाको ७० औं वार्सिकोत्सवको शुभकामनासहितको म्यासेज लिङ्क यतिबेला म्यासेन्जरमा फैलिइरहेको छ । लिङ्कमा क्लिक गरेपछि स्कुटर उपहार जितेको सन्देशसहित केही नियमहरू राखिन्छ ।

    images

    उक्त लिङ्कसहितको म्यासेज पाँच ओटा ग्रुप अथवा कम्तिमा २० जनालाई पठाउनुपर्ने र आफ्नो ठेगाना दर्ता गराउनुपर्ने शर्त पनि राखिएको छ । त्यसपछि ५ देखि ७ दिनभित्रमा स्कुटर डेलिभर गरिने उल्लेख गरिएको छ । तर तपाईं भने यी कुनै पनि नियम पालना नगर्नुहोस् ।

    अझ म्यासेन्जरमा आएको लिङ्क पनि नखोल्नुहोला । किनकि तपाईंलाई झुक्याएर तपाईंसँग सम्बन्धित सूचना सङ्कलन गर्न जारी गरिएको ‘स्पाम’ म्यासेज हो । यस्ता म्यासेजहरु हामीले सोचेजस्तो एकछिन झुक्याउन वा दुःख दिन मात्रै पठाइँदैन । बरु त्यस्ता म्यासेजहरु दूरगामी प्रयोजनका लागि पठाइएका हुन्छन् ।

    यस्ता म्यासेजले तत्कालै हानी त नपुर्‍याउँ सक्छन्, तर लिङ्कमा प्रवेश गरेपछि स्पामरहरू तपाईंसँग सम्बन्धित सूचनामा पहुँच राख्न सक्छन् । कतिपय अवस्थामा फेसबुक लगायत सामाजिक सञ्जालमा अनधिकृत पहुँचको माध्यम पनि बन्न सक्छन् यस्ता म्यासेज । नेपालमा म्यासेन्जर प्रयोगकर्ताको संख्या बढी भएकोले होन्डाको म्यासेन्ज लिङ्क सजिलै अनि छिटो फैलिन सम्भव भयो । त्यहाँ राखिएका नियम अथवा शर्तले पनि यसलाई फैलाउन सहयोग पुर्‍यायो ।

    images

    यस्ता स्पाम म्यासेजमा प्रवेश गर्दा भविष्यमा अप्ठ्यारो पर्न सक्ने भएकोले तपाईं भने सुरक्षित रहनुहोला । परिचित म्यासेन्जर साथीहरूले पठाउनु भएको छ भने उहाँहरूलाई पनि सचेत गराउनुहोला । अपरिचितबाट म्यासेज रिक्वेस्ट आएको छ भने सोझै डिलिट गर्नुहोला । - टेकपाना

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij