Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाटै गरिने सदर !

अन्ततः यो सालको एसईई परीक्षा बदर

अन्ततः यो सालको एसईई परीक्षा बदर

  • काठमाडौं । २०७७ सालको एसईईको नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक गरिने भएको छ । मन्त्रिपरिषदको बैठकले कोरोना महामारीका कारण परीक्षा हुन नसकेकाले आन्तरिक मूल्यांकन विधिबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठका अनुसार कोभिड १९ को कारणले पाठ्यक्रम तथा विशिष्टिकृत तालिका अनुसार विद्यार्थीको भौतिक उपस्थितिमा सैद्धान्तिक परीक्षा कार्यक्रम गर्न सम्भव नभएकोले सरकारले वैकल्पिक विधि अपनाएको हो । शिक्षामन्त्री श्रेष्ठका अनुसार विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकनको विवरण सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाइले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने छ ।

    AGNI GROUP

    प्राप्त विवरणका आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल तयार गर्ने, प्रकाशन गर्ने, प्रमाणिकरण गर्ने र प्रमाणपत्र जारी गर्नेछ । आन्तरिक मूल्यांकनको कार्यविधि राष्ट्रिय परीक्षा बोर्डले बनाउन सक्नेछ । यसअघि गत वर्ष पनि आन्तरिक मूल्यांकन विधिबाटै एसईई नतिजा सार्वजनिक गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट