Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

शुभतारा, बिचल्लीमा परे विद्यार्थी सारा !

शुभतारा, बिचल्लीमा परे विद्यार्थी सारा !

  • शुभतारा स्कूलका अभिभावक भन्छन्, ‘यसरी विद्यालय बन्द हुँदा यो बिचको समयमा विद्यार्थीहरुलाई कहाँ लाने ?’ 

    images
    images
    images

    ललितपुर । ललितपुरको एउटा चर्चित स्कूल शुभतारा । सानेपाबाट लामाटार स्थानान्तरण भएको भर्खरै हो । लामाटारमा चल्दै आइरहेको शुभतारा स्कुल बन्द हुने स्थितीमा देखिएको छ । स्कूलमा अध्ययनरत विद्यार्थीहरुको अभिभावकलाई विद्यालय बन्द गरिने जानकारी विद्युतीय पत्र (मेल) बाट गराइएको छ ।

    अनलाइन पत्रिकासँग सम्पर्कमा आएका एक अभिभावकले भने, ‘अकस्मात बिद्यालय बन्द गरेको भन्दै मेल आयो ।’ यो घटनाबाट धेरै अभिभावकहरु आक्रोशित बनेका छन् ।

    'कोभिड १९ को कारण देखाउँदै अचानक बिद्यालय बन्द गर्न मिल्छ र ?' ती अभिभावकले भने, ‘विद्यार्थीहरुको भविष्यमाथि खेलवाड भएको छ ।’ अभिभावक भन्छन्, ‘यसरी विद्यालय बन्द हुँदा यो बिचको समयमा विद्यार्थीहरुलाई कहाँ लाने ?’

    यो विषयमा बुझ्नको लागि स्कूलकी अध्यक्ष तथा प्रिन्सिपल रानी गुरुङ कक्षपतिसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij