Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

धनगढीलाई पराजित गर्दै काठमाडौँ नेपाल सुपर लिगको च्याम्पियन, ओलोमोउ सर्वाधिक गोलकर्ता

धनगढीलाई पराजित गर्दै काठमाडौँ नेपाल सुपर लिगको च्याम्पियन, ओलोमोउ सर्वाधिक गोलकर्ता

  • काठमाडौं । धनगढी एफसीलाई पराजित गर्दै काठमाडौंँ रेजर्स एफसी पहिलो संस्करणको नेपाल सुपर लिग(एनएसएल) फुटबलको च्याम्पियन बनेको छ । धनगढीलाई १–० गोल अन्तरले हराउँदै काठमाडौं एनएसएलको पहिलो उपाधि चुम्न सफल भएको हो । 

    images
    images
    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंँका लागि विदेशी  मेसौके ओलोमोउले निर्णायक गोल गर्नुभएको हो । उहाँले खेलको २१ आँैं मिनेटमा सो गोल गर्नुभएको थियो । 

    ओलोमोउ नै लिगमा कुल आठ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्तासमेत बन्नुभयो । उपाधिसँगै काठमाडाँैले रु ३५ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता धनगढीले रु १५ लाख प्राप्त गरेको छ । 

    खेलको २९ आँै मिनेटमा ओलोमोउको फ्रिकिक प्रहार गोलपोष्ट नजीकैबाट बाहिरिएको थियो । खेलको ३० आँै मिनेटमा छिरिङ गुरुङले अवसर पाए पनि गोल  गर्नबाट चुक्नुभयो । पहिलो हाफको इन्जुरी समयमा पनि काठमाडौंका ओलोमोउले प्रहार गरेको बल गोलमा परिणत हुन सकेन । 

    मध्यान्तरपछि खेलको ५५ औं मिनेटमा धनगढीका अशोक खवासको प्रहारलाई काठमाडाँैका गोलकिपर विकेश कुथुले जोगाउनुभयो । खेलको ६५ औंँ मिनेटमा काठमाडौँका स्टेफेन बिनोङले हानेको   बललाई धनगढीका गोलकिपर किरण चेम्जोङले गोल हुनबाट रोक्नुभयो । यस्तै खेलको ७५ औंँ मिनेटमा काठमाडौंँका ओलोमोउको लामो प्रहार खेर गयो । खेलको ८२ अँौ मिनेटमा धनगढीका टंक बस्नेत गोल गर्नबाट चुक्नुभयो । खेलको ९० औंँ मिनेटमा काठमाडौंका  बिनोङले हानेको बल गोलमा परिणत हुन सकेन । 

    काठमाडौंँले धनगढीसँग लिग चरण र प्लेअफमा ब्यहोरेको हारेको बदला आजको फाइनल खेलमा लिएको थियो । फाइनल खेलको उदीयमान खेलाडी काठमाडौंँका राजन गुरुङ घोषित हुनुभयो । यस्तै काठमाडौंँकै फ्लोरेन्ट कोरा प्लेयर अफ दि म्याच घोषित हुनुभयो । दुवै जनाले जनही रु २५ हजारसहित ट्रफी प्राप्त गर्नुभयो । नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा सात फ्रेन्चाइज टोलीले भाग लिएका थिए । 

    कोभिड –१९ का कारण प्रतियोगितामा दर्शकलाई खेलको अवलोकन गर्न अनुमति दिइएको थिएन । यही वैशाख ११ गतेदेखि शुरु भएको प्रतियोगितामा काठमाडाँैं र धनगढीसहित एफसी चितवन, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा भएको थियो । राउण्ड रोबिन लिगपछि शीर्ष चार टोलीले प्ले अफ खेल्दै फाइनलसम्म स्थान बनाएका थिए । रासस

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij