
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं। फ्रेन्च कप अर्थात् ‘कुप डे फ्रान्स’ अन्तर्गत गए राति भएको खेलमा मोनाकोले रूमिली भालिएरेसलाई ५-१ गोलले पराजित गरेको छ। ‘पार्क डे स्पोर्टस’ मैदानमा खेलिएको दोस्रो सेमीफाइनल खेलमा भालिएरेसलाई पराजित गर्दै मोनाको फाइनल प्रवेश गरेको छ।
भालिएरेसका मिडफिल्डर एलेक्सी पिउगेटले पहिलो हाफको २०औं मिनेटमा गोल गरेका थिए। तर भालिएरेसको अग्रता धेरै बेर टिकेन। भालिएरेसका फूलब्याक आर्थर बोजुनले आत्मघाती गोल गर्दा मोनाको खेलमा फर्कियो।
त्यसपछि खेलको ३२औं मिनेटमा मोनाकोले अग्रता लियो। मिडफिल्डर औरेलियन चौआमेनीको गोलमार्फत मोनकोले पहिलो हाफ २(१ गोलले आफ्नो पक्षमा पार्यो।
दोस्रो हाफमा मोनाकोले अझै ३ गोल थप्यो। ५५औं मिनेटमा स्ट्राइकर बेन येडरले गोल गर्दा मोनाकोले अग्रतामा बढुवा दियो। त्यसपछि ७८औं र ८१औं मिनेटमा क्रमशः सेस फ्याब्रिज्ञास र एलेक्जेन्डर गोलविनले गोल गर्दै मोनाकोको फाइनल यात्रा सुनिश्चित गरे।
मोनाकोले अब फाइनलमा पीएसजीसँग प्रतिस्पर्धा गर्नेछ। फ्रेन्च कपको फाइनल खेल आउँदो ‘मे २०’ तारीखमा खेलिने कार्यक्रम रहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij