Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

ला-लिगा २०२१ : रियल सोसिड्याड विरुद्ध जित निकाल्दै एथ्लेटिको मड्रिड उपाधि नजिक

ला-लिगा २०२१ : रियल सोसिड्याड विरुद्ध जित निकाल्दै एथ्लेटिको मड्रिड उपाधि नजिक

  • काठमाडौं । स्पेनिश ला-लिगा अन्तर्गत गए राति भएको खेलमा शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडले रियल सोसिड्याडलाई २-१ गोलले पराजित गरेको छ। आफ्नो घरेलु मैदान ‘वान्डा मेट्रोपोलिटियानो’मा एथ्लेटिकोले पहिलो हाफमै २ गोलको अग्रता बनाएको थियो। खेलको १६ औं मिनेटमा बेल्जियन विंगर यानीक कारास्कोले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको २८औं मिनेटमा एन्जल कोरियाले गोल गर्दा घरेलु टोलीको अग्रता दोब्बर भयो।

    images
    images
    images

    पहिलो हाफ घरेलु टोलीको पक्षमा गएपछि दोस्रो हाफमा सोसिड्याडले खेलमा फर्किन निकै मेहेनत गर्यो। फलस्वरूप सोसिड्याडले ८३औं मिनेटमा इगोर जुबेल्डियाको गोलमार्फत खेलमा फर्किने मौका पायो।

    images

    तर,एथ्लेटिकोले अन्तिम समयमा उत्कृष्ट डिफेन्डिङको नमुना प्रस्तुत गर्दा खेलमा अरु कुनै गोल हुन सकेन। यस जितसँगै एथ्लेटिको मड्रिडको उपाधि सम्भावना बलियो देखिएको छ। ३६ खेलमा ८० अंकका साथ एथ्लेटिको शीर्ष स्थानमा रहेको छ। ३६ खेलमै ७६ अंकका साथ बार्सिलोना दोस्रो र ३५ खेलमा ७५ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij