
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । इंलिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले हात परेको छ । लेस्टर सिटीसँग म्यानचेस्टर युनाइटेड २–१ ले पराजित भएसँगै सिटीले अन्तिमतीन खेल खेल्नुअगावै उपाधि जितेको हो । पेप गार्डीओलाको प्रशिक्षणमा सिटीले हासिल गरेको यो आठौं उपाधि हो, उनले २०१६ यता सिटीलाई प्रशिक्षण दिन थालेका थिए ।
सिटीले लिगमा ३५ खेलबाट ८० अंक जोडिसकेको थियो । हारले युनाइटेड ७० अंकमै खुम्चिएपछि सिटीको सातौं प्रिमियर लिग उपाधि पक्का भयो । खेलको १० औं मिनेटमा लुक थोमसले गोल गर्दै लेस्टर सिटीलार्ई अग्रता दिलाएपनि मासन ग्रिनउडले १५ औं मिनेटमा म्यानचेस्टर युनाइटेडबाट बराबरी गोल फर्काएका थिए । ६६ मिनेटमा काग्लर सोयुन्कुले लेस्टरबाट निर्णायक गोल गरे, २–१ ले खेल गुमाएपछि युनाइटेडले उपाधि सिटीलाई प्रदान गरियो ।
यस सिजन सिटीले जितेको यो दोस्रो प्रमुख उपाधि हो । यसअघि नै सिटीले दुई साताअघि लिग कपको उपाधि जितेको थियो । च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा पनि सिटीले फाइनलमा स्थान बनाइसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij