Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

एनएसएल : ललितपुरको पहिलो जित

एनएसएल : ललितपुरको पहिलो जित

  • काठमाडौं । नेपाल सुपर लिग(एनएसएल) अन्तर्गत(बिहीवार)आज भएको पहिलो खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई १(० गोल अन्तरले पराजित गरेको छ। दशरथ रंगशालामा अपरान्ह २:३० बजेबाट शुरु भएको खेलमा ललितपुरले उक्त प्रतियोगितामा आफ्नो पहिलो जित हात पारेको हो।

    images
    images
    images

    पहिलो हाफको ५औं मिनेटमा नै ललितपुरले खेलमा अग्रता लिन सफल भयो। कप्तान अन्जन विष्टको हेडर पासलाई अजरबैजान तथा ललितपुरका खेलाडी नुर्लन नुभ्रुर्जोभले डाइभिङ हेडर मार्फत गोल गर्न सफल भएका थिए। खेलको अधिकांश समय ललितपुरले बलमा हैकम जमाएर बुटवललाई फुटबल खेल्न गार्हो अवस्था सिर्जना गरेको थियो। फल स्वरूप बुटवलले खेलको ९० मिनेटमा आफ्नो एउटा पनि प्रहार पनि टार्गेटमा राख्न सकेन।

    images

    ललितपुर अंक तालिकाको चौथौं स्थानमा उक्लिएको छ। ललितपुरको ५ खेलमा ६ अंक रहेको छ। बुटवल आजको पराजयसँगै पाँचौं स्थानमा झरेको छ। बुटवलको ५ खेलमा ५ अंक रहेको छ। 

    खेलमा ललितपुरका अन्जन विष्ट र मिक्छेन् तामाङ क्रमशः ‘म्यान अफ दि म्याच’ र ‘इमर्जिंग प्लेयर’ घोषित भए।


    images


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij