
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत आज दुई खेल हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र बुटवलबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै ललितपुर प्लेअफ पुग्ने सम्भावना कायम राख्न चाहन्छ । ललितपुर चार खेलबाट ३ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ । बुटवल आजको खेलमा विजयी भए दोस्रो स्थानमा उक्लनेछ । बुटवल चार खेलबाट ५ अंक जोडेर चौथो स्थानमा छ ।
आज नै हुने अर्को खेलमा काठमाडौं रेजर्स र विराटनगर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । विराटनगर चार खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ । समान खेलबाट ७ अंक नै जोडेको काठमाडौं तेस्रो स्थानमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij