Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

विराज महर्जनले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

विराज महर्जनले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

  • काठमाडौँ । सर्वाधिक सफल कप्तानको परिचय पाएका रक्षक विराज महर्जनले सोमबार फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खडेरी तोडेको दिन बंगलादेशलाई हराउँदै त्रिदेशीय कपको उपाधि जित्दा डिफेन्डर विराजले टोलीलाई उपाधिको ताज पहिराउँदै सन्न्यासको घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)एकेडेमीका दोस्रो ब्याच विराज महर्जनले सोमबार ७३औँ अन्तर्राष्ट्रिय खेल करिअर खेल्दै सन्न्यासको घोषणा गरेका छन् । दशरथ रंगशालामा सोमबार त्रिदेशीय कप फुटबल प्रतियोगितामा नेपालले बंगलादेशको टोलीलाई २–१ ले हराउँदै उपाधि दिलाएसँगै विराजले सन्न्यासको घोषणा गरेका हुन् । अन्तिमपटक दशरथ रंगशालामा राष्ट्रिय जर्सीमा देखिएका विराजलाई समर्थकले सम्मान दिएका थिए ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij