
Aug 11 2025 | २०८२, साउन २६ गते
काठमाडौँ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावल पार्टीबाट निष्कासित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको पत्र थमाएका हुन्। चैत ४ र ५ गते नेपाल पक्षले सानेपामा राष्ट्रिय भेला गरेपछि पार्टी हित विपरीत काम गरेको भन्दै नेपाल र रावलसहित नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग प्रष्टिकरण सोधिएको थियो।
उनीहरुले बुझाएको प्रष्टिकरण चित्त बुझ्दो नभएको भन्दै ओलीले दुइै नेतालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको ओली पक्षका एक नेताले जानकारी दिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij